काठमाडौं, भदौ २६ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ पुरुष र १ जना महिला सहित ५ जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु सँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको जानकारी दिएका छन ।


