कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय ६ पुग्यो

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय ६ पुग्यो
Spread the love

काठमाडौं, भदौ २३ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.  गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ महिला र ५ पुरुषको मृत्यु भएको छन ।

मन्त्रालय प्रवक्ता डा.  गौतमले काठमाडौंमा ८० वर्षीया महिला, ८५ वर्षीय पुरुष, सुनसरीमा ७० वर्षीय पुरुष, पर्सामा ५४ , ६० र कपिलवस्वतुमा ६२ वर्षीय पुरुषको मृत्यु भएको जनाएका छन ।

योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।