नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो

नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो
Spread the love

काठमाडौं, भदौ २३ (ई-रैवार)

नेपालमा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशलामा १० हजार ६ सय ११ नमुना परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाका थप ३ सय  ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३ सय , भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कैलालीका ७७ जना, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरी, गोरखा र सुर्खेतका १८/१८ जना, झापाका १६, पर्साका १४, ओखलढुंगाका १३, बाराका १२, बाग्लुङका १० र कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट, धादिङ र रामेछापका ८/८ जना, नवलपुर र बर्दियाका ७/७ जना, सर्लाहीका ६, बाँकेका ५, महोत्तरी र सिराहाका ४/४ जना, नुवाकोट, तनहुँ र दाङका ३/३ जना, उदयपुर, काभ्रे, दोलखा र लमजुङका २/२ जना तथा इलाम, सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, रोल्पा र दैलेखका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । उनीहरुमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय  ६८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६ सय  ११ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिएका छन । आजसम्म ७ लाख  ८८ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३ सय १० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा ८५ जना रहेका छन् ।

प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।