काठमाडौं, भदौ २० (ई-रैवार)
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा ३ जना महिलासहित ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि ३ जना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस सँगै नेपालमा कोरोना संक्रमणबाट २ सय ८० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


