कैलाली काँग्रेसको वडा अधिबेशन छठपर्व पछि गर्ने, तयारी समिति गठन

Spread the love

धनगढी, कार्तिक ६ (ई-रैबार)  कैलाली काग्रेसको वडा अधिबेशन छट पर्व पछि गर्ने निर्णय भएको छ । शनिबार धनगढीमा बसेको नेपाली काँग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

कैलाली सभापति नरनारायण शाहको अध्यक्षताको बैठकले अधिबेशन गर्न १५ सय १ सदस्यीय जिल्ला अधिबेशन मुल ब्यवस्थापन समिती गठन गरेको छ ।
जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा गठन गरिएको समितिमा आर्थिक ब्यवस्थापन समिती सयोजक शेरबहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती सयोजक नृप बहादुर सुनार, स्वयंसेवक समिती सयोजक कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति सयोजक केशब मिश्र, भोजन ब्यवस्थापन समिती सयोजक नारायण सत्याल, यातायात ब्यवस्थापन समिती सयोजक टेकराज जोशी, प्राथमिक उपचार समिती सयोजक उत्तम जोशी, मञ्च व्यवस्थापन समिती सयोजक पुरन चौधरी, अतिथी सत्कार समिती सयोजक रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती सयोजक कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिती सयोजक नवराज रावल लाई तोकिएको छ । जिल्ला अधिबेशन धनगढी स्थित ओम प्यालेसमा गर्ने व्यबस्था मिलाईएको छ ।

शनिबार बसेको नेपाली काँग्रेस कैलालीको बैठकले बाढीपहिरोको क्षतिको अबलोक गर्न आएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई आभार व्यक्त गर्दै चाडै राहतको व्यबस्थापन गर्न समेत अनुरोध गरेको छ ।