नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो
Spread the love

नेपालगञ्ज वैशाख २६(ई-रैवार)

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा जाँच गर्दा थप एक जनामा कोरोना संक्रमण देखिएको हो।

उनी १६ बर्षका पुरुष हुन्। योसंगै संक्रमितको सङख्या एक सय दुई पुगेको छ।

नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ।