नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुग्यो

नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ २० (ई-रैवार) 

नेपालमा  कोरोना संक्रमणबाट थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४ सय ७५ नमुना परीक्षण गर्दा ३ सय ४९ महिला र ६ सय ९२ पुरुषगरी १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित प्रेस व्रिफिङमा यस सँगै कुल नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको बताएका छन । उनीहरुमध्ये २ सय ८० जनाको मृत्यु भएको छ भने २७ हजार १ सय २७ कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् ।

यस्तै रुपन्देहीका ७१ जना, बाँकेका ६२, चितवनका ४५, सिराहाका ४१, दाङका ३९, मोरङ र मकवानपुरका ३५/३५ जना, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सुनसरी र सप्तरीका २०/२० जना, सर्लाही र गोरखाका १७/१७ जना, बझाङका १६, बारा र नवलपरासीका १३/१३ जना, पर्सा र धादिङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापा, धनुषा र बर्दियाका ७/७ जना, काभ्रे, दोलखा, बाग्लुङ र गुल्मीका ६/६ जना, रामेछाप, नवलपुर र कञ्चनपुरका ५/५ जना, कैलालीका ४ जना, उदयपुर, तनहुँ, सल्यान, पाल्पा, जाजरकोट र दैलेखका ३/३ जना, ओखलढुंगा, सिन्धुली, सल्यान र डोटीका २/२ जना तथा इलाम, नुवाकोट, पर्वत, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा र डडेलधुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।