धनगढी, भदौ २० (ई-रैवार)
कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञा आज देखि खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न लागेको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न रसार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक सवारी साधनले ५० प्रतिशत मात्रैं यात्रु बोक्न पाउने छन ।
त्यसैगरी भिडभाड नगरी व्यापाररव्यवसाय बिहान ५ देखि ७ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न सकिने छ । होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताए । उनका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादन बाहेक सबै सेवा बन्द नै हुने छन ।
अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेरमात्रै कार्य सम्पादन गर्नु पर्ने छ । बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।
यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पुण्र्नरुपमा बन्द नै रहने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।


