डडेल्धुरा, भदौ १९ (ई-रैवार)
डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गरिरहेको छ । जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो।
भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले २० लाखको लागतमा निर्माण हुन लागेको उक्त वार्डको कार्य यसै महिनाभित्र सम्पन्न हुने बताएकी छन । स्थानीयको जनश्रमदान सहित बन्न लागेको उक्त आइसोलेसन वार्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाइने अध्यक्ष भट्टले बताइन।
एक स्थानीय तह एक आइसोलेसन वार्ड निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधान अनुसार जिल्लामा पहिलोपटक निर्माण हुन लागेको उक्त वार्डले स्थानीयलाई सहज हुने विश्वास लिइएको छ।
अहिले गाउँगाउँमा भारतबाट स्थानियहरु भित्रिएका छन्। उनीहरुमा कोरोना संक्रमण भेटिएमा गाउँपालिकामै राख्नका लागि आइसोलेसन वार्ड बनाइएको अध्यक्ष भट्टले बताइन । उक्त वार्डलाई बिरामी नभएका समयमा क्वारेन्टिन प्रायोजनका लागि समेत प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टले बताएकी छन ।


