काठमाडौं, भदौ १९ (ई-रैवार)
रातो मत्स्येन्द्रनाथको रथ तान्ने युवाहरूको भीड नियन्त्रणमा खटिएका १८ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ । पुल्चोकको झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। उक्त भीड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी जनाएको छ।
सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ। तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भीड नियन्त्रणमा खटाएको पाइएको छ ।
बिहीबार उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रहरी श्रोतले जनाएको छ।


