नेपाली सेनाका २३ जनालाई कोरोना संक्रमण

नेपाली सेनाका २३ जनालाई कोरोना संक्रमण
Spread the love

 

काठमाडौँ,  १२ भदौ  (ई-रैवार) 

नेपाली सेनाका २३ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरिका विभिन्न अस्पतालमा कार्यरत् २३ जनालाई विभिन्न समयमा कोरोना भाइरसको संक्रमण देखिएको सैनिक स्रोतले जनाएको हो ।

जसमध्ये बिहीबार मात्रै ९ जनालाई संक्रमण देखिएको छ। उनीहरू सबै सैनिक अस्पतालमा छाउनीमा कार्यरत् रहेका छन् ।

‘विभिन्न समयमा गरी २३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। यो देशभरिको तथ्यांक हो,’ सैनिक स्रोतले भन्यो, ‘छाउनी अस्पतालमा एकैपटक कसरी ९ जनामा देखियो, त्यसको अनुसन्धान भइरहेको छ।’