कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ८३

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ८३
Spread the love

 

काठमाडौं, भदौ ११ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको कुल संख्या १ सय ८३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ महिला र ३ पुरुषकको मृत्यु भएको जानकारी दिएका छन ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया १ जना, बाराका २३ वर्षीया १ जना, कास्कीका ३२ वर्षीया १ जना, रुपन्देही र बाँकेका ७० वर्षीया १–१जना महिला रहेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

त्यसैगरी काठमाडौंका ८४ वर्षीय १ जना, पर्साका ६२ वर्षीय १ जना र कपिलवस्तुका ५० वर्षीया १ जना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कुल कोरोना भाइरस संक्रमितको ० दशमलव ५२ प्रतिशतको मृत्यु भएको छ ।