भारतको महाराष्ट्रमा ५ तल्ले घर भत्कियो, ९० जना पुरिएको आशंका

भारतको महाराष्ट्रमा ५ तल्ले घर भत्कियो, ९० जना पुरिएको आशंका
Spread the love

 

काठमाडौं, भदौ ९  (ई-रैवार) 

भारतको महाराष्ट्र रायगढमा रहेको एक ५ तल्ले भवन भत्किएको छ। दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटर टाढा रहेको सो भवनमा करिब ४७ वटा फ्ल्याट रहेका र भत्किएको भवनमा करिब ९० जना पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको ज्यान गएको भारतीय सञ्चार माध्येमले जनाएका छन्। घटनास्थलमा उद्धारकार्य जारी नै छ।

रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोली बनाएर उद्धार गरिरहेको जनाएको छ। भवन हल्लिन थालेपछि केही व्यक्ति भने भागेर ज्यान बचाउन सफल भएका थिए । भारतीय गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन्।