बाजुरा, वैशाख २७ (ई-रैवार)
बाजुरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको दोस्रो कोरोना संक्रमणका कारण सोमबार विहान दुई जनाको मृत्यु भएको हो ।
जिल्ला अस्पताल बाजुराका कोभिड–१९ सुचना अधिकारी चुडामणी पन्तले बडीमालिका नगरपालिका–२ का ५९ वर्षका पुरुष र सोही नगरपालिका–९ मार्तडीकी ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएका हुन ।
सुचना अधिकारी पन्तका अनुसार ५९ वर्षका पुरुष दमका विरामी र ४० वर्षीया महिलाका मृगौलाको विरामी भएका थिए ।


