सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय  ३१ पुग्यो

सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय  ३१ पुग्यो
Spread the love

 

धनगढी, भदौ ६ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९ सय १ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ९ पुरुष र ४ महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका ठ जना, कैलारी गाउँपालिका वडा नम्वर ६ का ३ जना र भजनी नगरपालिका वडा नम्वर ७ का १ जनामा र धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५१ वर्षीय पुरुष र वडा नम्वर ५ की ३५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको बताएका छन ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले गन्यापधुरा गाउँपालिका वडा नम्वर १ का १ जनामा कोरोना पुष्टि भएको बताएका हुन। प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ।

डोटी प्रयोगशालामा ३० जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुदूरपश्चिम बाहिरको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप १ जनामा कोरोना देखिएको बताएका छन ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३१ पुगेको छ। संक्रमण पुष्टि भएको झण्डै ४ हजार ४ सय जनाले कोरोना जितेका छन भने १२ जनाको मृत्यु भईसकेको छ ।