राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौं,कार्तिक २६  (ई-रैवार)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ । केही दिनदेखि अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

अध्यक्ष केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको केसीकी छोरी तथा अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसीले जानकारी दिइन् ।

जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले  दिएको जानकारी अनुसार केसी करिब एक महिनादेखि भैरहवा थिए । त्यही क्रममा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । बुटवलबाट काठमाडौं आएकै दिन मंगलबार केसीलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।