बैतडी, भदौ ३ (ई-रैवार)
बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ स्थित शान्तिपुर प्रसुती सेवा केन्द्र भवन पहिरोले पुरेको छ । लगातारको बर्षासंगै गएराती खसेको पहिरोले प्रसुती सेवा केन्द्रको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
प्रसुती सेवा केन्द्रको माथिबाट खसेको पहिरोले दुई कोठे भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको मन्ती महराले बताएकि छन । पहिरोले प्रसुती सेवा केन्द्रको भवन पुरेपछि प्रसुती सेवा केन्द्र भित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका स्थानीय महराले जानकारी दिएकि छन ।
स्वास्थ्यचौकी भन्दा टाढा रहेका समुदायलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको भवन पहिरोले पुरेपछि सुरक्षित प्रसुती बन्द हुने भएको छ ।
पहिरोका कारण सोही प्रसुती सेवा केन्द्रको नयाँ बनेको भवन पनि पहिरोको जोखिममा परेको छ । गत बर्ष निर्माण गरिएको सो भवनबाट सेवा सुचारु गर्न बाँकी रहेकै बेला पहिरोको जोखिममा परेको हो ।
नयाँ भवनको तलतिरबाट पहिरो खस्न थालेकाले सो भवन पनि पहिरोको जोखिममा परेको प्रसुती सेवा केन्द्रका अनमी रेखा चन्दले जानकारी दिएकी छन ।


