गोरखा साउन २३(ई-रैवार)
बहुबिवाह गरेको सातवर्षपछि एकपुरुष पक्राउ परेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ का ५० वर्षिय तुलबहादुर तामाङ पक्राउ परेका हुन् ।
बहुविवाहर मुद्धामा गोरखा जिल्ला अदालतले उनलाई सातबर्षअघि सजाय तोकेको थियो । त्यसपछि उनी फरार सूचीमा थिए । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा बसिरहेका बेला पक्राउ गरेको हो।
जिल्ला अदालतले उनलाई ११ महिना १२ दिन कैद सजाय र २० हजार जरिवानाको फैसला गरेको थियो।


