धरान साउन २३(ई-रैवार)
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। सिरहाको गोलबजार निवासी २५ बर्षीय युवाको गएराति पौने ११ बजे निधन भएको हो।
ती युवा विगत २ बर्षदेखि नियमित डाइलाइसिस गराइरहेको र जनकपुरबाट रिफर भएर हिजो साँझ नै प्रतिष्ठान आइपुगेको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिष्ठानमा यसअघि पनि प्रदेश नं २ का २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने मोरङको एक जनाको निधन भएको थियो।
एकजना कोरोना संक्रमितको मृत्यु


