कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा सुरु

 कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा सुरु
sf7df8f}F, !$ c;f/ M g]kfnL sfFu|]; s]lGb|o kf6L{ sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{ kbflwsf/L a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;
Spread the love

 

काठमाडौं, श्रावण २२ (ई-रैवार)

सभापति देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आशन्न महाधिवेशनका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकमा पदाधिकारीसँगै पूर्वपदाधिकारी पनि सहभागी रहेको बताइएको छ । अहिले बैठक चलिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जनाएका छन् ।

बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपानमान श्रेष्ठ, अर्जुननरसिंह केसी रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी रहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।