माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्ने निर्वाचन आयोगको तयारी

Spread the love

काठमाण्डौँ, मङ्सिर १५ (ई-रैवार)  

प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्ने गरी आयोगको तयारी गरिरहेको बताएका छन् ।

उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि बताए । उनले भने, ‘आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरुको पद रिक्त हुन्छ । ६ गतेदेखि रिक्तता आउने भएको हुनाले त्यो अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्दछ, हुनुपर्दछ भनेर आवश्यक तयारी आयोगले प्रारम्भ गरेको छ र त्यहीअनुसारको परामर्श आयोगले दिन्छ ।’

अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने कानून पनि आयोगले बनाएको उनले बताए ।