प्रधानमन्त्री देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट बीच भेटघाट

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

प्रधानमन्त्री शेरवहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्ट बीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भेटघाट भएको हो ।

मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिवसिंह ओलीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रणको प्रयास बारेमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराएको जानकारी दिएका छन्।

मुख्यमन्त्रीका स्वकिय सचिव ओलीले कोरोना बिरुद्धको खोप र प्रदेशको समग्र बिकासको बारेमा पनि प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्ट बीच छलफल भएको जानकारी दिए ।

यस अघि मुख्यमन्त्री भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पनि भेटघाट गरेका थिए । केही दिनदेखि सङ्घीय राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट आजै धनगढी फर्किने कार्यक्रम रहेको जनाएको छ ।