डोटी, कार्तिक २ (ई–रैवार)
अविरल बर्षापछि विभिन्न स्थानमा घर भत्किँदा डोटीमा २४ घण्टा नवित्दै आठजनाको मृत्यु भएको छ । फरक–फरक चारवटा घटनामा नौजनाको मृत्यु भएको हो ।
मंगलबार दिउँसो घर भत्किदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सोही ठाउँका ४२ वर्षिय शेरबहादुर बिकको घर भत्किदा उनी सहित उनकै १८ बर्षका छोरा मोहन बिक, १२ बर्षिया छोरी पबित्रा बिकको मृत्यु भएको छ । सोही घरमा मामाघर आएका १६ बर्षिय रविन बिकको पनि मृत्यु भएको छ ।
घटनाबारे पूर्ण विवरण अझै आईनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।
यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर च्याप्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाईएको छ । उनकी श्रीमती पनि घाईते रहेको खबर छ ।
यस्तै पहिरोसंगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षिया मन्धर घरलाई हिी बलायरको मृत्यु भएको छ । दिउँसो घाईते रहेकी उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको छ ।
यस्तै गएराती पहिरोले घर च्याप्दा जिल्लाको सायल गाउँपालिका ६ का बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो । सोही घटनामा तिनजना घाईते भएका छन् ।


