धनगढी, साउन १६ (ई-रैवार)
जिल्ला प्रशासन कार्यालय कैलालीले आकस्मिक अवस्था बाहेक अन्य सवारी पास वन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्था बाहेक अन्य सवारी पास उपलब्ध नगराउने जनाएको हो ।
सवारी पास वितरणका कारण कार्यालयको सेवा प्रवाहमा असर परेकाले पास स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादब बहादुर भण्डारीले बताए ।
प्रशासकीय अधिकृत भण्डारीले अबबाट अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवा, सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने बताएका छन।


