लुकाएर राखिएको ६८ थान सालको काठ बरामद

लुकाएर राखिएको ६८ थान सालको काठ बरामद
?
Spread the love

 

डोटी, साउन ७  (ई-रैवार)

घरमा लुकाइछिपाइ राखेको सालको काठ बरामद गरिएको छ । डोटीको आदर्श गाउँपालिका वडा नं ५ लामिखालका स्थानियले लुकाएर राखेको काठ कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाले बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा खानतलासी गर्दा स्थानिय धर्म रोकाया र अर्जुन रोकायाको घरमा लुकाएर राखेको ६८ थान अन्दाजी ४५ क्यूफिट बढी सालको काठ बरामद गरेको कालिकास्थान सवडिभिजन वन कार्यालय, मौवाका रेन्जर नरेश धामीले बताए ।

काठ बरामद गर्ने टोलीले मुचुल्का उठाएर आवस्यक अनुसन्धान र कार्वाहीका लागि डिभिजन वन कार्यालयमा पठाउने तयारी गरिरहेको रेन्जर धामीले जानकारी दिए ।

डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रशाद तिवारीले बरामद गरिएको काठको अनुसन्धान गर्न टोली खटाइएको बताए । काठ मालिक र काठ जिल्लामा ल्याएर थप कार्वाही अगाडी बढाइने तिवारीले जानकारी दिए । सो वडाका वडाध्यक्ष वीरभान धामी र काठ मालिकले भने बरामद गरिएको काठ पुरानो पैतृक भएको जिकिर गर्दै आएका छन् ।