धनगढी, असार २७ (ई-रैवार)
सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो ।
यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षणका अनुमति दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको जानकारी गराएका छन । यो निर्णय भएसँगै कुनै पनि आफूलाई शंका लागेका जो सुकै व्यक्ति तथा ट्राभल हिस्ट्री नभएकाले परीक्षण गर्न पाउनेछन ।
बैदेशिक रोजगारी तथा अध्ययनमा जानेहरुकाले भीसा प्रक्रियाका लागि पनि परीक्षण गर्न पाइनेछ । स्वीकृत अस्पतालहरुमा पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५ रुपैयाँ शुल्क तोकेको छ ।


