सर्पले टोक्दा महिलाको मृत्यु

सर्पले टोक्दा महिलाको मृत्यु
Spread the love

 

कञ्चनपुर, साउन ६  (ई-रैवार)

कञ्चनपुरमा सर्पले टोक्दा महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका वडा नम्बर १ को पशुपती टोलमा सर्पले टोक्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता  प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सर्पले टोकेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी लैजादै गर्दा पन्तको मृत्यु भएको बताएका छन ।

वक्ता  प्रहरी नायब उपरिक्षक  थापाक्षेत्रीका अनुसार आज बिहान भुसा निकाल्ने क्रममा पन्तलाई सर्पले टोकेको थियो। मृतकका शव अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।