काठमाडौं , श्रावण ५ (ई-रैवार)
पूर्व माओवादी निकट रहेका नेता लेखराज भट्टले गुट छोडेका छन । भट्ट बाहेकका नेकपाका स्थायी समिति सदस्यहरुका बीचमा समान धारणा तय गरि एकै स्थानमा उभिने निर्णय भएको छ ।
पूर्व माओवादी छिन्न भिन्न भएको सन्देश बाहिर गएपछि प्रचण्डले सवै स्थायी समिति सदस्यहरुको भेला डाकेका थिए । तर सो भेलामा भट्ट आफु भेलामा आउन नसक्ने र आफू पूर्व माओवादी नरहेको स्पष्ट पारेका थिए । उनले दाहाललाई धम्कीपूर्ण भाषामा आफुलाई मन्त्रीबाट हटाउन लागेको भन्दै आपत्ती समेत जनाएका थिए ।
दाहालले लेखराजको साटो सुदुरपश्चिममा खगराज भट्टलाई अगाडि बढाउने तयारी गरेको जानकारी पाएपछि उनी प्रधानमन्त्री केपी ओली निकट भएका छन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको पूर्वमाओवादी पक्षीय स्थायी समिति सदस्यहरुको भेलाले पार्टीभित्रको विवादमा पूर्व खेमाको समान धारणा बनाउने र एक ठाउँमा उभिने निर्णय गरेको हो ।
छलफल बिहान ८ बजेदेखि दिउँसो १२ः १५ सम्म चलेको थियो । भेलामा पूर्व माओवादी खेमामा रहेका १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट बाहेक बाँकी सबै सहभागी थिए । बिहान केहीबेर बसेर निस्किएका गृहमन्त्री रामबहादुर थापा बादल बैठक सकिने बेलामा फेरि खुमलटार पुगेका थिए ।
दाहालको उक्त भनाइपछि उनी आफ्नै गुटमा समेत आलोचित भए पनि भावी रणनीतिबारे छलफल गर्न उनले सोमबार आफू पक्षीय नेताहरुको भेला राखेका हुन ।


