काठमाडौं, चैत्र २ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका शीर्ष नेताहरुका बीचमा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको हो ।
छलफलमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, रघुजी पन्त सहभागी छन् ।
सर्वोच्च अदाललते फागुन २३ गते तत्कालीन एमाले ब्युँताएपछि छुट्टाछुट्टै भेला, बैठक र कार्यक्रम गरिरहेका एमालेका दुबै समूह पार्टी विभाजनको संघारमा पुगेपछि पहिलो पटक औपचारिक रुपमै संयुक्त छलफलमा जुटेका छन् ।
चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।


