डोटी असार १८(ई-रैवार)
डोटीमा बिहिबार ५८ जना नयाँ व्यक्तीमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार बिहिबार थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै डोटीमा संक्रमितको संख्या चारसय ८१ पुगेको छ।
नयाँ पुष्टि भएकाहरुमा आदर्श गाउँपालिका वडा नम्बर १ का ११ जना, वडा नम्बर ३ र ७ का ५÷५ जना, वडा नम्बर २ का ३जना र वडा नम्बर ६ एकजना गरी २८ जना संक्रमित थपिएकाछन् ।

यस्तै शिखर नगरपालिकाको वडा नम्बर ११ का १३ जना, वडा नम्बर ४ का ६ जना र वडा नम्बर १० का एकजनागरी २० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ का ६ जना र वडा नम्बर ७ का ३ जनागरी जम्मा ९ जना संक्रमित थपिएका छन् ।
यसैगरी सायल गाउँपालिकाको वडा नम्बर २ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।


