धनगढी असार १७(ई-रैवार)
सुदूरपश्चिममा बुधबार दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। बुधबार पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो।
योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार सात सयभन्दा बढी पुगिसकेको छ । पुष्टि भएका सात जनाको मृत्यु भईसकेको छ भने चार सय ७९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ५९ जना, बझाङका १८ जना, बाजुराका सात जना, कैलालीका १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
उनका अनुसार विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका १८ जना, अछामका ६६ जना, बाजुराका १८ जना, कैलालीका १० जना तथा कञ्चनपुरकानौँ जनामा कोरोना पुष्टि भएको छ।
यता धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्पर ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो


