विवादित करिश्मा

विवादित करिश्मा
Spread the love

नायिका करिश्मा मानन्धरलाई आफू भावुक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ। सामाजिक सञ्जालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ। करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले विवादित छु। आत्मीय गुण छ त्यसैले फरक छु।’
करिश्माले सामाजिक सञ्जालमा लेख्ने गरेका कतिपय स्टाटसहरूको आलोचना पनि हुने गरेको छ । उनी आफू भावुक भएका कारण मनमा लागेको कुरालाई सामाजिक सञ्जालमा व्यक्त गर्ने गरेको बताउँछिन् ।
उनी भन्छिन्–‘यदि तपाई आफूलाई प्रेम गर्न सक्नुहुन्न भने कुनै पनि कुरालाई प्रेम गर्न सक्नुहुन्न ।’
नायिका मानन्धरले लकडाउनपछि सामाजिक सञ्जालमा व्यक्त गरेका कतिपय कुराहरूले प्रशंसा पाएका छन् भने कतिपय कुराहरू विवादित बनेका छन् ।
चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय यी नायिका विशेषगरी, राजनीतिमा लागेपछि विवादित बन्न थालेकी हुन्।
राजनीतिमा लागेपछि उनले गर्ने राजनीतिक टिप्पणीले पनि चर्चा बढी नै पाउने गरेका छन्। करिश्मा लकडाउनका कारण घरमै रमाइरहेकी छिन् भने सामाजिक सेवामा पनि सक्रिय छिन् ।