चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहदा चीनमै अर्को खबर खतरानाक नयाँ भाईरस भेटिएको खबर छ । खबरअनुसार चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पत्ता लगाएका छन् । जुन भाईरसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ ।
बिबिसी हिन्दी अनलाइनमा प्रकाशित खबर अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ । यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम रहेको जनाउदै वैज्ञानिकहरूले उक्त भाइरसले आफ्नो स्वरुप पनि बदल्न सक्ने जनाएका छन् । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।
शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन ।


