अमेरिकी दुतावासले प्रयोगमा ल्यायो नेपालको नयाँ नक्शा

अमेरिकी दुतावासले प्रयोगमा ल्यायो नेपालको नयाँ नक्शा
Spread the love

काठमाण्डौं असार १(ई-रैवार)

काठमाण्डौंस्थित अमेरिकी राजदूतावासले नेपालकाे नयाँ नक्सा प्रयाेगमा ल्याएकाे छ। सोमवार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दा दूतावासले नेपालको नयाँ थपिएको भुगोलसहितको नक्शा प्रयोग गरेको छ ।

अमेरिकी दूतावास नेपालको नयाँ नक्शि प्रयोग गर्ने पहिलो दूतावास पनि बनेको छ ।

हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा शनिवार प्रतिनिधिसभाले पारित गरेकाे थियो।