नेपालमा एकैदिन ५८६ कोरोना संक्रमित पुष्टि, कुलसंख्या सातहजार नाघ्यो

नेपालमा एकैदिन ५८६ कोरोना संक्रमित पुष्टि, कुलसंख्या सातहजार नाघ्यो
Spread the love

धनगढी असार ३(ई-रैवार)

नेपालमा आज एकैदिन पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो संख्या हाल सम्मकै उच्च रहेको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ। निको भएर घर फर्किनेको संख्या भने १ हजार १ सय ६७ पुगेको छ।