सुदूरपश्चिममा कोरोनाबाट पहिलो मृत्यु, बाजुराकी मृतक बालिका र उनकी आमामा कोरोना पुष्टी

सुदूरपश्चिममा कोरोनाबाट पहिलो मृत्यु, बाजुराकी मृतक बालिका र उनकी आमामा कोरोना पुष्टी
Spread the love

धनगढी जेठ १८(ई-रैवार)

सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरस कोभिड १९ का कारण एक बालिकाको मृत्यु भएको छ। बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो।

भारतबाट फर्किएर जिल्ला अस्पताल आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ।

यस्तै  मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।

मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। तिनै जनाको स्वाब धनगढी पठाइएको थियो।

८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए। भारतबाट आएपछि सबैलाई  बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।