अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान

अधिकांश भूभागमा वर्षा, नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आह्वान
sf7df8f}F, ! ;fpg -/f;;_ M /f}tx6 lhNnfsf af9L k|efljt If]q . pkk|wfg Pj+ :jf:yo tyf hg;ªVofdGqL pk]Gb| ofbj, u[xdGqL /fdaxfb'/ yfkf, ef}lts k"jf{wf/ tyf oftfoftdGqL /3'aL/ dxf;]7, pmhf{dGqL jif{dfg k'g, g]skfsf jl/i7 g]tf tyf k"j{k|wfgdGqL dfwjs'df/ g]kfnnufotn] a'waf/ k|b]z g+ @ df kg]{ t/fO{sf lhNnfsf af9L k|efljt If]qsf] lg/LIf0f ug'{ePsf] 5 . t:jL/M gf/fo0f 9'+ufgf, /f;;
Spread the love

काठमाडौं, साउन ४ (ई-रैवार)

देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । आइतवार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिणतिर अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागका अनुासार आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश १ र प्रदेश २ का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका धेरै स्थानहरुमा हलका देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।  यस्तै आइतवार राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।