काठमाडौं वैशाख २१ (ई-रैवार)
आइतबारै नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाईरस(कोभिड-१९) पुष्टि भएको छ।
यो सहित एकैदिन नेपालगञ्जमा १५ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार एकजनामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरूको परिक्षणमा धमाधम संक्रमण भेटिन थालेको छ ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ७५ पुगेको छ ।


