कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ
Spread the love

धनगढी वैशाख २२(ई-रैवार)

कैलालीको एक सामुदायिक वनका अध्यक्षलाई ५० हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी  घुस रकमसहित पक्राउ परेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा प्रहरी कर्मचारीसँग मिलेर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।