कोरोना संक्रमण विश्व महामारी घोषित

कोरोना संक्रमण विश्व महामारी घोषित
Spread the love

काठमाण्डौ फागुन २९(ई-रैवार)
विश्वभरीनै कोरोनाको संक्रमणले आपतकालीन अवस्था सिर्जना गराएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषित गरेको छ।
चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी हालसम्म १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ।
यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ।
त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन्।