काठमाडौं,असार । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ । यसै मूल्यमा आइतबार समेत कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबार चाँदीको मूल्यमा समेत थपघट भएन । सोमबार १ हजार ३९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आइतबार समेत यसै मूल्यमा चाँदीको कारोबार भएको थियो ।असार पहिलो साता १ लाख १२ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य अहिले केही कम भएको हो ।
सुन र चाँदीको भाउ स्थिर


