३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप

३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप
Spread the love

काठमाडौं,जेठ । सरकारले ३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप गरेको छ । यसअघि अन्तःशुल्कको दायरामा नरहेका वस्तुहरुलाई अन्तःशुल्कको दरमा समेटेर सरकारले अन्तःशुल्क कर थप गरेको हो ।

आर्थिक विधेयक २०८० मा संशोधन गरेर सरकारले चिसो पेय पदार्थ, दाह्री काट्ने मेशिन, श्रृगांर सामग्री, चम्चा, काँटा, लगायतका वस्तुमा अन्तःशुल्क थप गरेको हो । सरकारले विद्युतीय चुरोटमा ३० प्रतिशत अन्तःशुल्क लगाएको छ ।हल्का चिसो पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँले अन्तःशुल्क लगाएको छ । यस्तो पेय पदार्थमा सरकारको नयाँ व्यवस्थासँगै अब प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ ।यसअघि अन्तःशुल्क लाग्ने सूचीमा नरहेको यो वस्तुमा सरकारले अन्तःशुल्कमा समावेश गर्दै अतिरिक्त २५ रुपैयाँ मूल्य लाग्ने बनाएको हो । आन्तरिक राजश्व विभागकाअनुसार यस्तो व्यवस्था पछि कोक, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी लगायतका चिसो पेय पदार्थ महँगो हुनेछ ।