नेकपाका वडा कमिटी अध्यक्ष कांग्रेस प्रवेश 

नेकपाका वडा कमिटी अध्यक्ष कांग्रेस प्रवेश 
Spread the love

डोटी पुस २६(ई-रैवार)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिखर नगरपालिका-१० को वडा कमिटीका अध्यक्ष रघुनाथ जोशी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसले शनिबार दिपायलमा आयोजना गरेको विरोध सभा कार्यक्रमका बीचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले उनलाई सदस्यता प्रदान गरेर भित्र्याएका छन ।
उनिसहित सोही वडाका स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडा सदस्य उम्मेदवार भक्तीदेवी बलायर, नेकपाका स्थानीय नेताहरू हिक्मत देउवा र कृष्ण बलायर पनि कांग्रेस प्रवेश गरेका छन ।
नेपाली कांग्रेस प्रवेशपछि नेता जोशीले कम्यूनिष्टको जनतालाई भ्रममा राखेर राज गर्ने प्रबृत्ति बुझेपछि पार्टी त्यागेको बताए । ‘भ्रम छरेर जनमत बटुल्ने र पछि जनहित विपरित व्यक्तिगत स्वार्थमा निहित रहेर काम गर्ने प्रबृत्ति बुझेपछि पार्टी त्यागेको हुँ,’ उनले भने,’दुईतिहाईको जनमत हुँदा नाङ्गै हुनेगरी प्रबृत्ति देखिदा त्यसको साक्षी बन्न सकिन ।’
जनतालाई सपना बाँड्ने तर गरिबी र पछ्यौटेपनमा राखेर प्रभावित पारिराख्ने स्वभाव आफ्नो कम्यूनिष्ट राजीनितीका क्रमम् बुझेको उनले बताए । ‘म २०४६ देखि कम्यूनिष्टमा आवद्ध हुँदा यहि देखे । त्यो देख्दा लज्जाबोध भएर सहि ठाउँमा आएको हु ।’
उनलाई कांग्रेस भित्र्याउन पहल गर्ने नेपाली कांग्रेस डोटी-काठमाण्डौं सम्पर्क समितीका सभापती दीर्घ बलायरले कम्युनिष्ट प्रबृत्तिप्रति ईमान्दार कार्यकर्ता पनि सचेत भएर सोच्न थालेको बताए ।