काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर गराएका हुन् । गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण भएको थिए ।
प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।
दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गराएको उनको सचिवालयले जनाएको छ ।


