धनगढी, कात्तिक ३ (ई-रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश आउने भएका छन् । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण जनधनको व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा स्थलगत अवलोकनका लागि सुदूरपश्चिम आउन लागेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले सम्भव भए आजै नभए भोलि प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने तय भएको बताएका हुन् ।
काँग्रेस नेता लेखकले आजै देउवालाई बालुवाटारमा भेटेर वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे देउवालाई जानकारी गराएका छन् ।
बाढी पहिरोका कारण पछिल्लो ३ दिनको अवधिमा ५० जनाले ज्यान गुमाइसकेका छन् ।


