सञ्जय (पति) ले मलाई उनको साथीसँग हनिमुन मनाउन दबाब दिएका थिए : अभिनेत्री करिश्मा

Spread the love

एजेन्सी, असोज २६  (ई-रैवार)

भारतीय बलिउडमा ९० को दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपुरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् ।

अन-स्क्रिनमा प्रतिष्ठित अनुहारकf रूपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्क्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग देखिने कपुरको दमदार जोडीको अझै उत्तिकै सम्झना गर्ने गर्छन् उनका दर्शक ।

तर जति उनी फिल्मको पर्दामा प्रिय र सफल बन्न सफल भइन् उनको व्यक्तिगत जिन्दगी भने उत्तिकै दुःखदायी र पीडित भएको खुलाउँदै आएकी छन् ।  अभिनेत्री करिश्मा कपुरले आफ्नो वैवाहिक जीवनमा भएका अनपेक्षित घटनाहरू बाहिर ल्याएकी थिइन् ।

सन् २००३ मा व्यवसायी सञ्जय कपुरसँग विवाह गरेपछि बलिउडबाट बिदा भएकी करिश्मा कपुरलाई कहिलेकाहीँ टेलिभिजन साेभन्दा बाहेक देख्न मुस्किल नै भयो ।

यति हुँदाहुँदै पनि उनको वैवाहिक जीवन पनि सफल हुन सकेन । दुईवटा सन्तान भइसकेपछि सञ्जय–करिश्माबीचको असमझदारीका कारण सम्बन्धविच्छेद भयो । उनीहरूले आठ वर्ष लामो वैवाहिक जीवन समाप्त गरे ।

भर्खरै एक कार्यक्रममा सहभागी भएकी करिश्माले आफूले पतिबाट भोगेका हिंसाका घटना बाहिर ल्याएकी छिन् । ‘सञ्जय मेरो देवरसँग एक वर्षभरि मैले गरेको खर्चको हिसाबकिताबको कुरा गर्थे,’ उनले भनिन्, ‘त्यतिमात्र होइन, उनले उनको आमालाई पनि मलाई झापड हान्न लगाए ।’

‘मैले उनकी आमाले दिएको सारी नलगाएपछि उनकी आमाले ममाथि हातपात गरिन् । उनले मसँग म एक सफल अभिनेत्री भएकोले मात्रै विवाह गरेका थिए, जसका कारण अरू मानिसले पनि उनलाई चिनुन् । उनले मलाई देखाउने ललिपप बनाए । मलाई देखाएर उनी अरूलाई लोभ्याउन चाहन्थे,’ करिश्माले भनिन् ।

उनले विगत सम्झँदै थपिन्, ‘त्यतिमात्र होइन, हनिमुनको दिन सञ्जयले मलाई उनको साथीसँग रात बिताउन दबाब दिएका थिए । तर मैले मानिनँ । म मेरो शरीर र अनुहारको निलडाम मेकअपले छोपेर हिँड्ने गर्थे ।