गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

Spread the love

काठमाडौं, भदौ २९ (ई-रैवार)

नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएका थिए।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीया रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

२३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र. ०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।