माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक
Spread the love

काठमाडौं, भदौ २९ (ई-रैवार)

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादीले स्थायी समिति बैठक मंगलबार ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएको हो।

माओवादीले सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न बैठक बोलाएको एक नेताले बताए । सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।

एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ।