कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले फेरि बुझायो प्रतिवेदन

Spread the love

काठमाडौँ, साउन १४ (ई-रैवार)

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले फेरि बुझायो प्रतिवेदन छ । कांग्रेस सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको छानबिन समितिले दोस्रोपकट प्रतिवेदन बुझाएको हो ।

नेता प्रदीप पौडेलका अनुसार समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता पौडेलले जानकारी दिए ।

“हामीले थप २४ घण्टा प्राप्त गरेका थियौँ । यबीचमा हामीले त्रुटिहरू सच्याएका छौँ, उजुरी र निवेदनहरूमा सर्वसम्वतिबाट निर्णय गरेका छौँ,” क्रियाशील सदस्यता छानबिन समितिका सदस्य पौडेलले भने, “सप्तरी, बारा धनुषा निर्वनचन क्षेत्र नम्बर–४, सर्लाही क्षेत्र नम्बर–२,  सिन्धुपाल्चोक र रसुवामा समस्या केन्द्रीय तहबाट हुन्छ, हामीले सकेनौँ ।”

समितिका सदस्य पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे । १३ औँ महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा समस्या आएको भन्दै अहिले छानबिन समितिका कारण महाधिवेशन प्रभावित हुने अवस्था नरहेको उनले बताए ।

समिति सदस्य पौडेलले क्रियाशिल सदस्यता धेरै मिलेकाले अव समयमै पार्टीको १४ औं महाधिवेशन हुने बताए । उनले सर्लाही र सिन्धुपाल्चोक लगायत चारवटा जिल्लाका केही स्थानमा सहमति हुन नसकेकाले ति स्थानको क्रियाशिल सदस्यता नेतृत्वले नै टुंग्याउने गरी जिम्मा दिएको पनि पौडेलले बताए ।

गत १२ गते पहिलो प्रतिवेदन बुझाएको समितिलाई बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले २४ घण्टाको समय दिएर त्रुटि सच्याउन र बाँकी विषय मिलाउन भन्दै प्रतिवेदन फिर्ता गरेका थियो ।

प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । नेता पौडेलले जारी पदाधिकारी बैठकले आजै प्रभावित भएको अधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्न छलफल भइरहेको समेत बताए ।