अमेरिकामा ८.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गयो

अमेरिकामा ८.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गयो
Spread the love

एजेन्सी, साउन १४ (ई-रैवार)

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ  । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । एएनआई